२०८३ साउन ११ सोमबार

स्वास्थ्य मन्त्री मेहताद्वारा सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिका लागि निर्देशन

ई आर्थिक    शुक्रबार, जेष्ठ २९ २०८३
1.5K
Shares
स्वास्थ्य मन्त्री मेहताद्वारा सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिका लागि निर्देशन

काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखानाको स्थलगत अनुगमन गर्दै यसको सुधार र सुदृढीकरणका लागि तत्काल कार्ययोजना माग गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता  मन्त्री निशा मेहताले  हालै सिंहदरबार वैद्यखाना विकास समिति मा स्थलगत अनुगमन तथा छलफल गरेकी हुन्।

अनुगमनका क्रममा वैद्यखानाको वर्तमान अवस्था, औषधि उत्पादन क्षमता, बजार प्रवर्द्धन र संस्थागत व्यवस्थापनका विषयमा विस्तृत समीक्षा गरिएको थियो।

छलफलका क्रममा वैद्यखानाको क्षमता अभिवृद्धि गर्न आवश्यक स्रोतसाधन, आधुनिक औजार–उपकरण तथा जनशक्तिको विवरण तयार गरी तत्काल पेश गर्न निर्देशन दिइएको छ। साथै औषधि उत्पादनलाई प्रभावकारी बनाउने, बजार पहुँच विस्तार गर्ने र संस्थाको समग्र व्यवस्थापन तथा सरसफाइमा सुधार ल्याउने विषयमा विशेष जोड दिइएको छ।

सरकारी औषधि उत्पादन तथा परम्परागत आयुर्वेदिक औषधिको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको वैद्यखानालाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन संस्थागत सुधार आवश्यक रहेको छलफलमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij