काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ। नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
बैठकमा सरकारका विभिन्न मन्त्रालयका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राष्ट्रिय विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण उपलब्ध हुनेछन्।
