२०८३ साउन १२ मंगलबार

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

ई आर्थिक    बिहिबार, जेष्ठ २८ २०८३
1.3K
Shares
एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ। हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24” मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real-time) रकम आदानप्रदान गर्न सक्नेछन्।

नयाँ व्यवस्थाअनुसार यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले कुनै पनि मासिक सीमाबिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्।

नयाँ प्रणालीअन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन्।

यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहकहरूले Everest Bank Limited वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij