२०८३ साउन १० आइतबार

ट्राफिक कारबाहीबाट २० लाख २१ हजार रुपैयाँ राजस्व संकलन

ई आर्थिक    बिहिबार, जेष्ठ २८ २०८३
1K
Shares
ट्राफिक कारबाहीबाट २० लाख २१ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं ।  बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय ३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय २ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ४१, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय ५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ८८ जनालाई कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij