२०८३ साउन ११ सोमबार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन

ई आर्थिक    मंगलबार, जेष्ठ २६ २०८३
855
Shares
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं। ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५ सय रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय ४५ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५१, एकतर्फी सडकमा सवारी चलाउने १ सय ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३ सय ९४ गरी कुल २ हजार ३ सय ९२ जनालाई कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij