२०८३ साउन १० आइतबार

१० महिनामा दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड रुपैयाँ राजस्व संकलन

ई आर्थिक    शुक्रबार, जेष्ठ २२ २०८३
988
Shares
१० महिनामा दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड रुपैयाँ राजस्व संकलन

कैलाली । धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए। आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ।

हाल दैनिक ३ हजार ५ सय लिटर दूध संकलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै संकलन केन्द्र सञ्चालन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij