२०८३ साउन ११ सोमबार

५० लाख घुस प्रकरणमा ईश्वरीप्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    मंगलबार, जेष्ठ १९ २०८३
1.8K
Shares
५० लाख घुस प्रकरणमा ईश्वरीप्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस लेनदेन प्रकरणमा नवलपरासीका ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गौतमले विशेष अदालतमा २०८३ वैशाख २३ गते दिएको बकपत्र आयोगको अनुसन्धानका क्रममा दिएको बयान तथा आरोप मागदाबीको विपरीत रहेको पुष्टि भएको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार सोही मुद्दाका चन्द्रबहादुर अधिकारीसँग मिलेर ऋण उपलब्ध गराइदिने बहानामा ५० लाख रुपैयाँ घुस माग्ने तथा लिने कार्यमा गौतमको संलग्नता देखिएको छ।

अनुसन्धानबाट घुस लेनदेनमा उनको प्रत्यक्ष भूमिका रहेको प्रमाणित भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर कायम गर्दै ५० लाख रुपैयाँ बिगो बराबरको जरिवाना मागदाबी सहित मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगले भ्रष्टाचार नियन्त्रण र सार्वजनिक पदको दुरुपयोग रोक्न यस्ता प्रकरणमा कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij