२०८३ भाद्र २८ आइतबार

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रवि नेतृत्वमा मूल आयोजक समिति गठन

ई आर्थिक    सोमबार, जेष्ठ १८ २०८३
1.4K
Shares
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रवि नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई समेटिएको छ। समितिमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्य रहेका छन्।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल आयोजक समिति मातहत १८ वटा उपसमिति प्रस्ताव गरिएको छ। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनदेखि अनुशासन कायम गर्ने जिम्मेवारीसम्मका विभिन्न क्षेत्र समेटेर उपसमितिहरू गठन गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

प्रस्तावित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार–प्रसार तथा सञ्चार, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति रहेका छन्।

रास्वपाले आफ्नो स्थापना पश्चात् पहिलो पटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। पार्टीभित्र संगठन विस्तार, नीतिगत बहस तथा भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा महाधिवेशनलाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij