२०८३ साउन १० आइतबार

आर्थिक सर्वेक्षण: चालु आवको ९ महिनामा ४ सय १३ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण

ई आर्थिक    बुधबार, जेष्ठ १३ २०८३
1.3K
Shares
आर्थिक सर्वेक्षण: चालु आवको ९ महिनामा ४ सय १३ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म देशभर ४ सय १३ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ।

बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हालसम्म देशभर कुल २० हजार ४ सय ५६ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

सर्वेक्षणअनुसार ७ हजार ६ सय २ किलोमिटर ग्राभेल सडक तथा ८ हजार ७ सय ४८ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यससँगै देशभर निर्माण भएका सडकको कुल लम्बाइ ३६ हजार ८ सय ६ किलोमिटर पुगेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २० हजार ४३ किलोमिटर कालोपत्र, ७ हजार ५ सय ११ किलोमिटर ग्राभेल तथा ८ हजार ६ सय ७२ किलोमिटर कच्ची सडक रहेको थियो।

यस अवधिमा स्थानीय पूर्वाधारतर्फ भने सडक विस्तारको गति सुस्त देखिएको छ। आर्थिक सर्वेक्षणअनुसार असार २०८२ देखि फागुन २०८२ सम्म जम्मा ७ किलोमिटर मात्रै सडक विस्तार भएको छ।

असार २०८२ सम्म देशभर ६८ हजार ९३ किलोमिटर सडक विस्तार भएकोमा फागुनसम्म थप ७ किलोमिटर विस्तार भई कुल सडक विस्तार ६८ हजार १ सय किलोमिटर पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij