२०८३ भाद्र २७ शनिबार

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १ हजार ३ सय रुपैयाँले सस्तियो

ई आर्थिक    मंगलबार, जेष्ठ १२ २०८३
570
Shares
सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा  १ हजार ३ सय रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअनुसार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक परिवर्तन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij