२०८३ साउन १२ मंगलबार

प्रधानमन्त्री शाहले इयू आबद्ध देशका राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्ने

ई आर्थिक    सोमबार, जेष्ठ ११ २०८३
836
Shares
प्रधानमन्त्री शाहले इयू आबद्ध देशका राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोलि नेपालका लागि मान्यता प्राप्त युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ः३० बजे सामूहिक भेट तथा संवाद कार्यक्रम आयोजना हुने जनाइएको छ ।

भेटवार्ताका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, नेपाल र इयू आबद्ध देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत वर्ष चैत २५ गते पनि प्रधानमन्त्री  शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij