२०८३ साउन १० आइतबार

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

ई आर्थिक    सोमबार, जेष्ठ ११ २०८३
855
Shares
१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

तनहुँ।  तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर-६ र देवघाट गाउँपालिका-३ मा पर्दछ। विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका-३ र ४ मा पर्दछ।

विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij