२०८३ साउन १० आइतबार

भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

ई आर्थिक    शनिबार, जेष्ठ ९ २०८३
2.1K
Shares
भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि असर पर्ने संकेत
काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ। भारतीय बजारमा ९ दिनभित्र तेस्रो पटक इन्धनको मूल्य वृद्धि गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ। त्यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा वृद्धि भई ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ।

यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो। त्यसअघि मे १५ मा पनि इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको थियो।

भारतमा लगातार इन्धनको मूल्य बढिरहँदा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ। नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) मार्फत पेट्रोल, डिजेललगायत इन्धन खरिद गर्ने भएकाले भारतीय बजारको मूल्य परिवर्तनले नेपालमा प्रत्यक्ष असर पार्ने गर्दछ।

नेपाल आयल निगमका एक सञ्चालक समिति सदस्यका अनुसार भारतमा मूल्य वृद्धि जारी रहे नेपालमा पनि इन्धनको मूल्य समायोजनको दबाब बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij