२०८३ भाद्र २७ शनिबार

सुनको मूल्य घट्दा, चाँदी महँगियो

ई आर्थिक    शुक्रबार, जेष्ठ ८ २०८३
2.6K
Shares
सुनको मूल्य घट्दा, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij