२०८३ साउन ११ सोमबार

प्रतिनिधिसभा निर्वाचनमा करिब ५ अर्ब खर्च, प्रतिमतदाता २६३ रुपैयाँ लागत

ई आर्थिक    मंगलबार, जेष्ठ ५ २०८३
1.1K
Shares
प्रतिनिधिसभा निर्वाचनमा करिब ५ अर्ब खर्च, प्रतिमतदाता २६३ रुपैयाँ लागत

काठमाडौं : निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत निर्वाचनमा भएको कुल खर्च सार्वजनिक गर्नुभएको हो ।

आयोगका अनुसार निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो । तीमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च गरेर निर्वाचन सम्पन्न गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च भएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको आयोगले उल्लेख गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, कर्मचारी परिचालन, सुरक्षा व्यवस्थापन तथा निर्वाचन सामग्री व्यवस्थापनलगायत शीर्षकमा खर्च भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij