२०८३ साउन १० आइतबार

वीरगञ्जको होटलबाट दुर्गा प्रसाईं पक्राउ, प्रहरीले कारण खुलाएन

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.6K
Shares
वीरगञ्जको होटलबाट दुर्गा प्रसाईं पक्राउ, प्रहरीले कारण खुलाएन

पर्सा । मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईं लाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। सोमबार वीरगञ्जस्थित एक होटलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार प्रसाईं होटलमा बसिरहेकै समयमा ‘इमर्जेन्सी पक्राउ पुर्जी’ लिएर पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउको कारणबारे भने प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

प्रसाईं मंगलबार वीरगञ्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन सोमबार मात्रै पर्सा पुगेका थिए। पर्सा बसाइका क्रममा उनले आफ्नो पार्टी र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान’ का सदस्यहरूसँग भेटघाट गर्ने कार्यतालिका बनाएका थिए।

सदस्यहरूसँगको भेटघाट तथा कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले उनलाई होटलबाटै पक्राउ गरेको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij