२०८३ साउन १० आइतबार

हेटौँडा आन्तरिक राजस्व कार्यालयद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व संकलन

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
893
Shares
हेटौँडा आन्तरिक राजस्व कार्यालयद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व संकलन

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली तथा बजार अनुगमनलाई तीव्र बनाइएकाले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो। कार्यालयले वैशाख मसान्तसम्म कुल पाँच अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व उठाएको जनाएको छ।

कार्यालयका अनुसार अन्तःशुल्कतर्फ सबैभन्दा बढी तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यसैगरी आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याज करतर्फ ६ करोड ८३ लाख ७७ हजार तथा बहाल करतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा आठ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको जानकारी दिए।

उनका अनुसार करदाताको घरदैलोमा पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरिएकाले १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुली गर्न सफल भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij