२०८३ साउन ११ सोमबार

धेरै सन्तान जन्माउनेलाई आर्थिक प्रोत्साहन, तेस्रो र चौथो बच्चालाई क्रमशः ३० र ४० हजार रुपैयाँ दिइने

ई आर्थिक    आइतबार, जेष्ठ ३ २०८३
2.1K
Shares
धेरै सन्तान जन्माउनेलाई आर्थिक प्रोत्साहन, तेस्रो र चौथो बच्चालाई क्रमशः ३० र ४० हजार रुपैयाँ दिइने

काठमाडौँ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु ले दक्षिण भारतका राज्यहरूमा युवाको जनसंख्या घट्दै गएको भन्दै धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको छ।

श्रीकाकुलम जिल्लामा आयोजित एक कार्यक्रममा बोल्दै नायडुले तेस्रो सन्तान जन्मिएपछि अभिभावकलाई ३० हजार भारतीय रुपैयाँ र चौथो सन्तान जन्मिएमा ४० हजार भारतीय रुपैयाँ उपलब्ध गराइने जानकारी दिनुभयो।

उहाँले धेरै सन्तान जन्माउनु बोझ नभएको उल्लेख गर्दै युवाको सङ्ख्या घट्दै जानु भविष्यका लागि चुनौतीपूर्ण विषय भएको बताउनुभयो। “धेरै मानिसलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ, तर त्यो सत्य होइन,” नायडुको भनाइ थियो।

दक्षिण भारतका आन्ध्र प्रदेश र तमिलनाडुजस्ता राज्यहरूले लामो समयदेखि जनसङ्ख्या नियन्त्रणका नीति अवलम्बन गर्दै आएका छन्। तर पछिल्ला वर्षहरूमा युवाको सङ्ख्या घट्दै जानु र वृद्ध जनसङ्ख्या बढ्नुले नयाँ चुनौती सिर्जना गरेको भन्दै नेताहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन ले पनि विगत केही वर्षदेखि यस विषयमा निरन्तर चासो व्यक्त गर्दै आएका छन्।

मुख्यमन्त्री नायडुले जापान र चीनजस्ता देशहरू पनि घट्दो जन्मदर र वृद्ध जनसङ्ख्याको समस्यासँग संघर्ष गरिरहेको उल्लेख गर्दै दक्षिण भारतीय राज्यहरूले समयमै यस विषयमा पहल थाल्न आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij