२०८३ भाद्र २९ सोमबार

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

ई आर्थिक    शनिबार, जेष्ठ २ २०८३
2.2K
Shares
वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व संकलन सन्तोषजनक रहेको बताए। उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन्।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ।

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो।

यसैगरी पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij