काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीस्थानमा एक महिनाको अवधिमा रु एक करोड छ लाख २८ हजार बराबरको भेटी सङ्कलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा उक्त रकम सङ्कलन भएको हो। चैत र वैशाख महिनामा पाथीभरामा दर्शनार्थी तथा भक्तजनको चाप बढी हुने गरेको समितिले जनाएको छ।
यसअघि गत चैत महिनामा रु ५८ लाख ५७ हजार ५०० तथा फागुन महिनामा रु ३१ लाख १० हजार बराबरको भेटी सङ्कलन भएको थियो।
धार्मिक आस्थाका कारण विशेषगरी वसन्त ऋतुमा पाथीभरा मन्दिरमा देश तथा विदेशबाट ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन्।