२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४ हजार रुपैयाँले घट्यो

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
2.4K
Shares
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ३ सय ५५ रुपैयाँले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ हजार ७ सय ४५ रुपैयाँ कायम थियो। बुधबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तथा चाँदी ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ७८ अमेरिकी डलर तथा चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij