रास्वपाको पहिलो महाधिवेशन असार ७–९ गते चितवनमा हुने
ई आर्थिक
बुधबार, बैशाख ३० २०८३
2.3K
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने ले असार ६, ७ र ८ गते महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेश गरेका थिए ।
तर, छलफलपछि बैठकले असार ७ देखि ९ गतेसम्म महाधिवेशन सञ्चालन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।
महाधिवेशनको तयारी तथा पार्टीका विविध समसामयिक विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको थियो ।
यसअघि रास्वपाले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।