२०८३ साउन १० आइतबार

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

ई आर्थिक    मंगलबार, बैशाख २९ २०८३
1.3K
Shares
महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ महभिर मा पहिरो खस्दा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

ढुङ्गा र माटोसहितको ठूलो पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकखण्डमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक अवरुद्ध भएसँगै बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि आवतजावत गर्ने तीर्थयात्री प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीना ले सडक विभागका उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए।

स्थानीयका अनुसार महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट बारम्बार पहिरो खस्ने समस्या रहेको छ। सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो झर्ने भएकाले सडक अवरुद्ध हुनुका साथै यात्रु र सवारीसाधन दुर्घटनाको उच्च जोखिममा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij