काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेको राजीनामा हल्ला भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले जनाएको छ ।
बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी फैलाइएको हल्ला निराधार रहेको स्पष्ट पारेको हो ।
बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार भ्रामक, तथ्यहीन तथा आधारविहीन रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार सीईओ पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न छन्।
बैंकले बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्न सञ्चारमाध्यम र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
साथै बैंकले ग्राहक, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वासलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।