२०८३ साउन ११ सोमबार

वर्तमान शासन संरचनामा पुनर्विचार आवश्यक, ‘केन्द्र र पालिका मात्रै पर्याप्त’ : एमाले नेता बाँस्कोटा

ई आर्थिक    बिहिबार, बैशाख २४ २०८३
1.9K
Shares
वर्तमान शासन संरचनामा पुनर्विचार आवश्यक, ‘केन्द्र र पालिका मात्रै पर्याप्त’ : एमाले नेता बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले संघीयता र संविधान संशोधनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत वर्तमान शासन संरचनामा पुनर्विचार आवश्यक रहेको बताएका हुन्।

बाँस्कोटाले पहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयता खारेजको पक्षमा रहेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने वा नगर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने टिप्पणी गरेका छन्। संविधान संशोधन गर्ने हो भने केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने संरचना उपयुक्त हुने उनको धारणा छ।

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउनुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। राष्ट्रिय सभा पूर्ण समावेशी हुनुपर्ने र महिला–पुरुष प्रतिनिधित्व ५०–५० प्रतिशत कायम गरिनुपर्ने उनको भनाइ छ। साथै, उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको सभाध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रणालीलाई प्राथमिकता दिनुपर्ने बाँस्कोटाको मत छ। उनले महिला–पुरुष प्रतिनिधित्व ४०–६० प्रतिशतको आधारमा सुनिश्चित गर्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति (जिसस) आवश्यक नरहेको टिप्पणीसमेत उनले गरेका छन्।

बाँस्कोटाको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij