काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्व उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ र बालकृष्ण खाँड लाई उपलब्ध गराइएका पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता बोलाएको छ।
सरकारले सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्दै पूर्वपदाधिकारीलाई प्रदान गरिएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ। यससँगै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको बताइएको छ।
सरकारको निर्णयपछि पूर्वउपप्रधानमन्त्रीहरूको सुरक्षा व्यवस्थाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यद्यपि, सरकारले सुरक्षा जोखिमको मूल्यांकनका आधारमा आवश्यक निर्णय गरिएको स्पष्ट पारेको छ।