२०८३ साउन १० आइतबार

नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु श्रेष्ठलाई

ई आर्थिक    बुधबार, बैशाख २३ २०८३
2.7K
Shares
नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु श्रेष्ठलाई

काठमाडौं ।   नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।

बैशाख २२ गते उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार दिर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । हाल ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशक रहेका श्रेष्ठ वरिष्ठ अधिकारीसमेत हुन्।

सरकारले जारी गरेको विशेष अध्यादेशपछि हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्।

रामचन्द्र पौडेलद्वारा जारी उक्त अध्यादेशका कारण राजनीतिक नियुक्तिबाट आएका १,५९४ पदाधिकारी हटाइएका छन्। यससँगै प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ पद खाली भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij