२०८३ साउन ११ सोमबार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन

ई आर्थिक    शुक्रबार, बैशाख १८ २०८३
1.4K
Shares
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २ सय २५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ५३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २१ जनालाई कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij