२०८३ भाद्र २८ आइतबार

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ बीमा कसुरमा पक्राउ

ई आर्थिक    मंगलबार, बैशाख १५ २०८३
1.2K
Shares
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ बीमा कसुरमा पक्राउ

बीमा ऐन २०७९ उल्लंघनको आरोपमा सीआईबीद्वारा नियन्त्रणमा, अनुसन्धान जारी

काठमाडौं । बीमा सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलले गत वैशाख ८ गते पठाएको पत्र र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। उक्त प्रतिवेदनमा कम्पनीको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० (१) (छ) अनुसारको कसुर भएको उल्लेख गरिएको छ।

यसै आधारमा सीआईबीले वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा आर्थिक अनियमितता तथा कानुनी मर्यादा उल्लंघनसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बीमा क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्यले प्राधिकरणको छानबिनका आधारमा कारबाही अगाडि बढाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij