काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा–११ स्थित एचआरडीसी (अशक्त बाल पुनःस्थापना केन्द्र) लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रम सञ्चालनमा प्रयोग गरिने जनाइएको छ।
आयोजित कार्यक्रममा बैंकका तर्फबाट बजार व्यवस्थापक सबिन सम्शेर राणा ले संस्थाका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गर्नुभएको थियो।
प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ विस्तार काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नारासहित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।