२०८३ साउन १० आइतबार

सञ्चारमन्त्री तिमिल्सिना र चीनका राजदूत झाङबीच द्विपक्षीय सहकार्यबारे वार्ता

ई आर्थिक    सोमबार, बैशाख १४ २०८३
1.7K
Shares
सञ्चारमन्त्री तिमिल्सिना र चीनका राजदूत झाङबीच द्विपक्षीय सहकार्यबारे वार्ता

काठमाडौं  ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिना र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने, द्विपक्षीय हित प्रवर्द्धन गर्ने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

राजदूत झाङ माओमिङले नेपालमा स्थायी सरकार गठनपछि आर्थिक तथा सामाजिक विकासका लागि नयाँ अवसरहरू सिर्जना भएको उल्लेख गर्दै चीन सरकार नेपालको विकासमा सहकार्य गर्न इच्छुक रहेको बताए। उनले विशेषगरी प्रविधिमा आधारित उत्पादन, कृत्रिम बौद्धिकता (AI), क्वान्टम प्रविधि लगायत क्षेत्रमा सहकार्यको सम्भावना औंल्याए।

मन्त्री तिमिल्सिनाले नेपालले छिमेकी राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै आपसी हितमा आधारित सहकार्यलाई प्राथमिकता दिएको बताए। उनले कनेक्टिभिटी, पूर्वाधार विकास तथा सूचना प्रविधिको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न सकिने धारणा व्यक्त गरे।

उनले सरकार प्रविधिमैत्री सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा केन्द्रित रहेको पनि जानकारी दिए। भेटमा साइबर सुरक्षा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रका विविध आयाममा सहकार्यबारे समेत छलफल भएको थियो।

उक्त अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij