२०८३ भाद्र २९ सोमबार

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा ४ अर्बमाथि

ई आर्थिक    सोमबार, बैशाख १४ २०८३
1.6K
Shares
एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा ४ अर्बमाथि

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त अवधिमा ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि बैंकका अन्य वित्तीय सूचकहरू भने सकारात्मक देखिएका छन्। वितरणयोग्य मुनाफा समीक्षा अवधिमा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँभन्दा बढी हो।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको निष्क्रिय कर्जा घटेर ०.६१ प्रतिशतमा झरेको छ, जुन गत वर्ष ०.६४ प्रतिशत थियो।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ कायम भएको छ। आधार ब्याजदर ४.४८ प्रतिशत र ब्याजदर ३.१२ प्रतिशत रहेको बैंकले जनाएको छ।

१३ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले वित्तीय सूचकहरू सुधारोन्मुख रहेको र दीर्घकालीन स्थायित्वतर्फ अघि बढिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij