काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकास लक्ष्यजस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको बतायो
सोहीअन्तर्गत बैंकले लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसरमा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा २ हजार कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ।
त्यसैगरी क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि तथा उक्त कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा बाँकेको नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
त्यसैगरी युवामा जिम्मेवार वित्तीय सचेतना अभिवृद्धि गर्न तथा आर्थिक ज्ञान विस्तार गर्ने उद्देश्यले आयोजित सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग गरेको बैंकले जानकारी दियो ।
ग्लोबल मनी विकका अवसरमा देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकले यस्ता कार्यक्रमले समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित सेवा प्रदान गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।