२०८३ भाद्र ३० मंगलबार

एमआरपी उल्लङ्घन र म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने ७ व्यवसायी फर्म र होटेललाई जरिबाना

ई आर्थिक    शनिबार, बैशाख १२ २०८३
1.6K
Shares
एमआरपी उल्लङ्घन र म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने ७ व्यवसायी फर्म र होटेललाई जरिबाना

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न व्यवसायी फर्म तथा होटेलमाथि कारबाही गर्दै जरिबाना गरेको छ।

विभागको आकस्मिक अनुगमन टोलीले बिहीबार साँझ र शुक्रबार गरिएको अनुगमनका क्रममा १८ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको थियो। सो क्रममा पाँच व्यवसायी फर्मलाई जनही तीन लाख रुपैयाँका दरले र दुई होटेल तथा क्याफे बारलाई जनही दुई लाख पाँच हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ।

जरिबाना पर्ने व्यवसायी फर्महरूमा सान इन्टरप्राइजेज प्रालि, ओरियन्टल होटेल लि., टी. श्री थकाली ग्रुप प्रालि, साई किरण इन्टरप्राइजेज र एयरपोर्ट सर्भिसेज प्रालि रहेका छन्। त्यस्तै, होटेल सोनिग प्रालि र यमी क्याफे एन्ड बार प्रालिलाई पनि कारबाही गरिएको छ।

अनुगमनका क्रममा ती व्यवसायीहरूले एमआरपी नभएका सामान बिक्री गरेको, एमआरपी भएका वस्तुमा स्टिकर टाँसेर बढी मूल्यमा बिक्री गरेको तथा म्याद नाघेका खाद्य रंग प्रयोग गरेको पाइएको विभागले जनाएको छ।

त्यसैगरी, सोल्टी होटेल लिमिटेडलाई २४ घण्टाभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य केही व्यवसायहरूलाई पनि तीन दिनभित्र कागजात र दररेट सम्झौतासहित उपस्थित हुन भनिएको छ भने केहीलाई सामान्य निर्देशन दिइएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने व्यवसायीलाई कडाइका साथ कारबाही गरिएको हो। उहाँले नेपालमा उत्पादन वा आयात हुने सबै वस्तुमा एमआरपी अनिवार्य गरिएको उल्लेख गर्दै नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij