२०८३ भाद्र २८ आइतबार

सांसदमा निर्वाचित ‘सिटिजन लिडर्स’ लाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्मान

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
2.3K
Shares
सांसदमा निर्वाचित ‘सिटिजन लिडर्स’ लाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’ लाई सम्मान गरेको छ। कम्पनीले थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित रुकेश रञ्जित तथा समानुपातिकतर्फ निर्वाचित प्रमिला कुलुजु रहेका छन्। कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रमिला कुलुजुले सिटिजन लाइफसँगको आफ्नो यात्राले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्त टोली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्। उनले यही अनुभवले आफूलाई वर्तमान उपलब्धिसम्म पुग्न मार्गदर्शन गरेको उल्लेख गरिन्।

त्यसैगरी सांसद रुकेश रञ्जितले बीमा क्षेत्रमा देखिएका चुनौती, कर प्रणाली लगायतका विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउँदै क्षेत्रको सुदृढीकरणका लागि पहल गर्ने बताए। उनले कम्पनीसँग सहकार्य जारी राख्दै जनताको आवाज संसदमा उठाउने धारणा व्यक्त गरे।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले आफ्ना अभिकर्ता नीति निर्माण तहसम्म पुग्नु कम्पनीको सशक्त मानव स्रोत र नेतृत्व विकासको उदाहरण भएको बताए। प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवनिर्वाचित सांसदहरूको योगदानले बीमा क्षेत्रको विकास र नीतिगत सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक योगदानलाई प्राथमिकतामा राख्दै आएको जनाउँदै यस्ता उपलब्धिले समग्र बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij