२०८३ साउन १० आइतबार

शैक्षिक जगतका लागि मेरा केही कुराहरू

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
3K
Shares
शैक्षिक जगतका लागि मेरा केही कुराहरू

कुमारसिंह कार्की

शिक्षा त्यस्तो विषय हो मानव चेतनाको वृद्धि गर्ने, समाजलाई अग्रगति दिने, हरेक उन्नतिको मुहान मानिने शैक्षिक जगत मा थुप्रै सुधार आवश्यकताहरु छन्। भन्ने मेरो बुझाइ हो ।

शिक्षा सबैको पहुँचमा हुनुपर्छ। सम्पूर्ण जनताले शिक्षा आर्जन गर्ने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मान्यता का कुराहरू मा भाषणबाजी हुने भएतापनि यसले गति दिन सकेको अवस्था छैन। हो विद्यालय हरू थुप्रै थुप्रै स्थापना भएका छन् ।

धेरै ठाउँमा पूर्वाधार विकास हुन सकेको अवस्था छैन। शिक्षामा राज्यको लगानी कम्तिमा २०% हुनुपर्यो। भन्ने हाम्रो मान्यता २०५० को दशकतिर कै हो। तर यो बढ्नुको बदलामा खुम्चिएकै अवस्थामा देखिन्छ।

सामुदायिक विद्यालयहरूमा शैक्षिक उन्नयन हुन सकेन भन्ने थुप्रै गुनासाहरु सुन्नमा पाउँछन्। कतिपय ठाउँमा न त विद्यार्थी अनुपातमा शिक्षकहरू छन् न त पूर्वाधार कै पर्याप्तता छ भवे फर्निचर कक्षा कोठा जस्ता कुराहरू कति विद्यालयमा छैनन् भने कतिपय विद्यालयहरूमा थोरै विद्यार्थी धेरै शिक्षकहरु काम गरेको पनि सुन्न पाइन्छ। सन्तुलन मिल्न सकेको अवस्था देखिँदैन।

शिक्षकहरू का कुरा गर्ने हो भने थरि थरिका शिक्षकहरु अहिले पनि विद्यालयमा कार्यरत छन्। न उनिहरूको तलबमा समानता छ न नोकरी कै ग्यारेन्टी छ बाल विकासमा काम गर्ने शिक्षक अस्थायी शिक्षक, राहत शिक्षक, अनुदान प्राप्त गरेर जागिर खाएको शिक्षक, सट्टा शिक्षक, करारमा रहेका शिक्षक यस्तै हाल विद्यालय कर्मचारीको पनि छ।

लगानी वृद्धि होस शिक्षक कर्मचारीको स्थायी होस भन्नका खातिर विगतमा कति पटक आन्दोलनहरू भए तालमेल मिल्न सकेको अवस्था भने भएन। परीक्षा प्रणालीमा पनि त्यस्तै हाल छ। यदि चार कक्षाको विद्यार्थी, सात कक्षाको विद्यार्थी, नौ कक्षाको विद्यार्थी र ११ कक्षाको विद्यार्थी को स्तर मापन पढाउने शिक्षकले गर्न सक्छ भने अनावश्यक रूपमा परीक्षाका झन्झटहरू दिलाएर पाँचको छुट्टै परीक्षा आठको छुट्टै परीक्षा र एसइइ को परीक्षा लिने कुरामा शिक्षकमाथि विश्वास नगरिएको जस्तो भान हुँदैन र !

१२ कक्षासम्म माध्यमिक शिक्षाको नामबाट परिभाषित गरिएको छ भने १२ कक्षामा मात्र बोर्ड परीक्षा लिँदा के फरक पर्छ र ? जसको राष्ट्रिय मापन हुनेछ र उच्च शिक्षाको निमित्त एउटा गति प्रदान हुनेछ । अर्को तर्फ शिक्षामा गुणस्तरको कुरो उठाइन्छ स्तरको मापन प्रणाली के भन्ने कुरामा पनि कतै द्विविधा त छैन । गुणस्तरका मापन दुई प्रकारका हुनुपर्ने हो एउटा जीविकोपार्जनसँग जोडिने अर्को अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्पर्धा गर्न सक्ने यदि यसो हो भने विद्यालयमा प्राविधिक धारको शिक्षा दान गर्नु पर्छ कि पर्दैन जसले एउटा विद्यार्थी प्राविधिक बन्न मद्दत पुगोस् । र अर्को भूमण्डलमा शैक्षिक जगतले गरेको उन्नति र आत्मसात गर्दै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने डिजिटल युगलाई आत्मसात गर्न सक्ने विद्यार्थीको उत्पादन हुन सकोस् ।

जीविकोपार्जनको निमित्त कम्तीमा विद्यार्थीले कक्षा १० उत्तीर्ण गरिसकेपछि अर्धदक्ष कामदारको रुपमा आफ्नो जीवनयापन गर्न सक्ने शिक्षा आर्जन गर्न सकोस् ।

कक्षा १२ उत्तीर्ण भइसके पश्चात सोही विषयमा दक्ष रोजगारको रूपमा काम गर्न सक्ने क्षमता निर्माण गर्न सकोस्।

हाल सञ्चालनमा रहेका यस्ता थुप्रै विद्यालयहरू कतिपय पालिकाका वडाहरूमा एउटै विषय राखेर पढाइने थुप्रै विद्यालय भेटिन्छन् । यो परम्परागत प्रणालीलाई फरक विषय अध्यापन गराउने विद्यालयको रुपमा व्यवस्थित गर्दै जानुपर्ने हुन्छ । जसबाट एक ठाउँको विद्यार्थीले अर्को ठाउँमा अध्ययन गर्न सजिलो हुन सकोस् आफूले चाहेको विषय छनोट गर्न गरेर अध्ययन गर्न पाउने व्यवस्था हुन सकोस् । त्यसो हुँदा विषय एकनासको नहुने र इच्छा अनुसार पढ्न पाउने विद्यालयमा विद्यार्थीको कमी नहुने एक आपसमा घुलमिल हुन सक्ने यस्तो प्रणाली व्यवस्थित भइदिए शैक्षिक उन्नयनमा मद्दत पुग्ने आशा गर्न सकिन्छ।

हाम्रा अनेकन विद्यार्थी भाइबहिनीहरू शिक्षा आर्जन तथा धन आर्जन गर्न विदेशतिर पलायन हुने ठूलो संख्यालाई देशमै रोक्न कमाउँदै पढ्दैको अवधारणा निर्माण गर्न सक्नुपर्छ।

धेरैभन्दा धेरै कृषि, वातावरण, वन विज्ञान, पर्यटन, कला साहित्य संस्कृति, जडीबुटी, पर्वतारोहण, सहकारी जस्ता विषयवस्तुहरू लाई पाठ्यक्रममा समावेश गरी शिक्षा दान गर्न सके रोजगारी तथा अध्ययनको निम्ति बाहिर जाने विद्यार्थीको भिडलाई रोक्न सकिने सम्भावना हुन्छ।

जबसम्म मानिसले आफूलाई बुझ्दैन आफ्नो माटोलाई बुझ्दैन आफ्नो सभ्यता संस्कृति र संस्कारलाई बुझ्दैन तबसम्म उसले बाह्य संसार बुझेको भन्न मिल्ने अवस्था हुँदैन। तसर्थ कम्तिमा स्थानीय क्षेत्रलाइ बुझ्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने त्यहाँ भएका धेरै विषयवस्तुहरु इतिहास भूगोल लगायतका अन्य अन्य विषयहरूको र आफ्नो समाजको जानकारी राख्न सक्ने अवस्था निर्माण हुन सकोस् ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ। भन्ने यो आजको मात्र माग होइन। विगतदेखि मागहरु भएपनि गति लिन सकेको अवस्था छैन। तसर्थ विद्यालयलाई शान्ति क्षेत्रको रुपमा परिभाषित गर्नुपर्छ भन्ने कुरो सबै मा जगजाहेर रोस्।

(शिक्षा क्षेत्रमा लामो समय योगदान पु¥याउनुभएका कार्की यो क्षेत्रका जानकारका रुपमा परिचित हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij