२०८३ साउन १० आइतबार

सरकारी अस्पतालमा अब शनिबार–आइतबार दुबै दिन बिदा, आकस्मिक सेवा भने २४ घण्टा सञ्चालनमा

ई आर्थिक    शनिबार, बैशाख ५ २०८३
836
Shares
सरकारी अस्पतालमा अब शनिबार–आइतबार दुबै दिन बिदा, आकस्मिक सेवा भने २४ घण्टा सञ्चालनमा

मन्त्रालयको निर्णयअनुसार बहिरङ्ग सेवा बन्द रहने, शल्यक्रिया ‘रिसेड्युल’ गरिने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सरकारी अस्पतालहरूमा अबदेखि शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी नीतिअनुरूप यो व्यवस्था अस्पतालमा पनि लागू गरिएको हो।

यसअघि मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर अब नयाँ व्यवस्थाअनुसार बिदाका दिन नियमित ओपीडी सेवा सञ्चालन नहुने भएको छ।

प्रवक्ता बुढाथोकीले स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न यस्तो निर्णय गरिएको बताए। उनले आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियालगायत सेवाहरूलाई बिरामीको सुविधाअनुसार पुनः तालिका (रिसेड्युल) गरिने जानकारी दिए।

यद्यपि, अन्तरङ्ग (इनडोर) तथा आकस्मिक सेवाहरू भने सधैँझैँ २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले बिदाको दिनमा पनि बिरामीले समस्या नझेल्नुपर्नेमा जोड दिँदै सम्भव भएसम्म सेवा उपलब्ध गराउन अस्पतालहरूलाई आग्रह गरेको छ। साथै, आवश्यक सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ।

यसैगरी, बिदाका दिन उपलब्ध हुने सेवाको विवरण अस्पतालहरूले आफ्नो वेबसाइट तथा सूचनापाटीमार्फत सार्वजनिक गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij