२०८३ साउन १० आइतबार

पूर्व उपसभापति खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

ई आर्थिक    बुधबार, बैशाख २ २०८३
1.2K
Shares
पूर्व उपसभापति खड्कालाई कांग्रेसले  सोध्यो ७ दिने स्पष्टीकरण

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो।

समितिका अनुसार नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत प्रेस विज्ञप्ति जारी गरिएको भन्दै यसलाई पार्टी विधान विपरीत कार्य ठहर गरिएको छ। यसअघि पनि सोही विषयमा सचेत गराइसकिएको भए पनि पुनः समान कार्य दोहोरिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा पार्टी सदस्यहरूद्वारा भएको भनिएको अनुशासन उल्लङ्घनसम्बन्धी उजुरी बुझाउने समयसीमा २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ।

त्यसपछि प्राप्त हुने उजुरीमाथि कुनै कारबाही नहुने पनि समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij