काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा ले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नुभएको छ।
जारी गरिएको औपचारिक पत्रअनुसार अध्यक्ष शेर्पा व्यक्तिगत कामको सिलसिलामा २०८२ साल चैत ३० गतेदेखि बाहिर रहने भएपछि संघको विधानअनुसार नविन पौडेल लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम उक्त जिम्मेवारी दिइएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले संघलाई विधि, विधान र मर्यादाभित्र रही गतिशील रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
उक्त निर्णयबारे नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपालाई समेत बोधार्थ पठाइएको छ।
