२०८३ साउन १० आइतबार

‘पिर्के सलामी’ नलिने गृहमन्त्री गुरुङको निर्णय

ई आर्थिक    आइतबार, चैत्र २९ २०८२
1.2K
Shares
‘पिर्के सलामी’ नलिने  गृहमन्त्री गुरुङको निर्णय

नवलपुर ।  गृहमन्त्री सुधन गुरुङले औपचारिक कार्यक्रममा दिइने ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च ओहदाका व्यक्तिलाई पिर्कामा चढाएर सलामी दिने परम्परा रहे पनि मन्त्री गुरुङले अबदेखि आफू त्यसमा सहभागी नहुने स्पष्ट पारेका हुन्।

आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका गृहमन्त्री गुरुङले सोही अवसरमा आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। औपचारिक भेटघाटका क्रममा उनले पिर्के सलामी नलिने घोषणा गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी लक्ष्मण बरालले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए। त्यसैगरी नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खड्का तथा अनुसन्धानतर्फका प्रहरी उपरीक्षक अभिनय कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।

गृहमन्त्रीको उक्त निर्णयलाई सुरक्षा निकायसँगको औपचारिक भेटघाटकै क्रममा सार्वजनिक गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij