२०८३ भाद्र २९ सोमबार

‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

ई आर्थिक    बिहिबार, चैत्र २६ २०८२
3K
Shares
‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । के.एल. दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । यस सहकार्य मार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊजा वान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ।

सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ । कम्पनीको अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थाापत गरेको छ, र वष देखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ ।

‘स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । उहाँको दशकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ। हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अर्थपूण हुने विश्वास लिएका छौँ ।,’ के.एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले बताइन् ।

ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले सँधै भूमिका खेल्ने उनले बताएकी छिन् ।

कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा साव जनिक गरिरहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको छ । हाल, ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।

के.एल. दुगर ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ । यसै अनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पनि सहज पहुँच भइरहेको दाबी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij