काठमाडौं । मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर गरिएको छ। मन्त्रीमा नियुक्ती भएको ११ दिनपछि मर्यादाक्रम हेरफेर भएको हो ।
रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६(९) बमोजिम हालको मन्त्रिपरिषद्को वरीयता क्रम पुनःनिर्धारण गरेको छ ।
राष्ट्रपति कार्यालय, राष्ट्रपति भवन द्वारा जारी विज्ञप्तिअनुसार गृहमन्त्री सुधन गुरुङ लाई तेस्रो स्थानबाट पाँचौं स्थानमा झारिएको छ।
मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम
१. प्रधानमन्त्री – वालेन्द्र शाह
२. मन्त्री – स्वर्णिम वाग्ले (रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति)
३. मन्त्री – शिशिर खनाल (अर्थ)
४. मन्त्री – विराज भक्त श्रेष्ठ (परराष्ट्र)
५. मन्त्री – सुधन गुरुङ (गृह)
६. मन्त्री – विराज भक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिँचाइ)
७. मन्त्री – सुनिल लम्साल (भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास)
८. मन्त्री – सोविता गौतम (कानून, न्याय तथा संसदीय मामिला)
९. मन्त्री – प्रतिभा रावल (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)
१०. मन्त्री – निशा मेहता (संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण)
११. मन्त्री – सस्मित पोखरेल (स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी)
१२. मन्त्री – खडक राज पौडेल (शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद)
१३. मन्त्री – विक्रम तिमिल्सिना (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
१४. मन्त्री – गीता चौधरी (सञ्चार तथा सूचना प्रविधि; कृषि तथा पशुपन्छी विकास; वातावरण)
१५. मन्त्री – दिपक कुमार साह (श्रम, रोजगार तथा सामाजिक सुरक्षा)
यो निर्णय २०८२ साल चैत २४ गते सार्वजनिक गरिएको हो। मन्त्रिपरिषद्को आन्तरिक सन्तुलन, जिम्मेवारी र कार्यसम्पादनलाई ध्यानमा राख्दै वरीयता हेरफेर गरिएको बताइएको छ।
