२०८३ साउन १० आइतबार

फोटोन ईभी टोटल केयर क्याम्प: देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

ई आर्थिक    आइतबार, चैत्र २२ २०८२
1.2K
Shares
फोटोन ईभी टोटल केयर क्याम्प: देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

काठमाडौँ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर-सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको छ। यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्‍याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस अभियान अन्तर्गत फोटोनले आफ्ना सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ।

फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ। पहिलो चरण २०८२ चैत २२ देखि २०८३ बैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ। दोस्रो चरण २०८३ बैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिनेछ। यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्नेछन्।

क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन्। यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ। साथै, प्रत्येक सवारी साधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुनेछ। यी सेवाहरूले सवारी साधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्‍याउनेछन्।

फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तारमार्फत आफ्टर-सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ। एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिन्छ। साथै, नेपालभर १६६ भन्दा बढी CCS2 टाइप DC फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको छ।

फोटोनको विश्वव्यापी “टोटल केयर” अवधारणाअनुसार, प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रियामार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ। नेपालमा एमएडब्लू वृद्धीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको छ।

एमएडब्लू वृद्धि कमर्शियल 
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यावसायिक सवारी साधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट यातायात समाधान विकास र उपलब्ध गराउने लक्ष्य राखेको छ।

कम्पनी फोटोन सवारी साधनको आधिकारिक वितरक हो र विश्वसनीयता तथा उच्च कार्यसम्पादनमार्फत ग्राहक सन्तुष्टि हासिल गर्न प्रतिबद्ध छ।

देशभर विस्तार भइरहेका शोरूम तथा सर्भिस सेन्टरहरूको नेटवर्कमार्फत कम्पनीले व्यावसायिक क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर-सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij