काठमाडौंका पूर्व प्रजिअ छविलाल रिजाल पक्राउ, ‘जेनजी’ आन्दोलन गोलीकाण्ड प्रकरणमा कारबाही हुने
ई आर्थिक
मंगलबार, चैत्र १७ २०८२
1.5K
Shares
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुविधानगरबाट नियन्त्रणमा लिइएको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जाने गरी भएको गोलीकाण्ड र दमनको आरोपमा रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की जाँचबुझ आयोग ले रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो।
यसअघि उक्त घटनामा संलग्नताको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई समेत प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।