काठमाडौं : काठमाडौंस्थित यातायात कार्यालय एकान्तकुना बाट १५ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटो को संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले बिचौलियाहरूले सेवाग्राहीलाई दुःख दिने, हैरानी गर्ने तथा ‘फास्ट ट्र्याक’ मा काम गरिदिने बहानामा अवैध रूपमा रकम असुल्ने गरेको जनाएको छ।
यस सम्बन्धमा आएको गुनासोका आधारमा प्रहरीद्वारा सञ्चालन गरिएको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटो मा राखेर थप अनुसन्धान अघि बढाइएको छ। परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र ले घटनाबारे जानकारी दिएका हुन्।