२०८३ असोज २ शुक्रबार

भारत सरकारको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा सुनसरीको दुहवीमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
1.9K
Shares
भारत सरकारको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा सुनसरीको दुहवीमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

काठमाडौं।  सुनसरीको दुहवी नगरपालिका-४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। भारत सरकारको १६ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा परियोजना बन्न लागेको हो।

आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका छन्। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दुहवी नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।

दुहवी नगरपालिकाका मेयर गच्छदारले यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारत सरकारको विकास सहयोगको प्रशंसा गरे।

नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij