काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ। गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
गुरुङले “कानुनभन्दा माथि कोही छैन” भन्दै यो कदम कुनै व्यक्तिविरुद्धको प्रतिशोध नभई न्याय प्रक्रियाको सुरुवात भएको बताएका छन्। उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्।
हालैको राजनीतिक निर्णय र जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त कदम चालिएको बताइएको छ। य
यस घटनापछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने विभिन्न दल तथा नेताहरूले प्रतिक्रिया जनाउन थालेका छन्। देशको समसामयिक राजनीतिक अवस्थालाई यस घटनाले थप तरंगित बनाएको छ।