काठमाडौं । एन आई सी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटल बीच विभिन्न सेवा सुविधा उपलब्ध गराउने विषयमा समझदारी भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा र हस्पिटलका निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, हस्पिटलसँग आबद्ध बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा शेयर होल्डरहरूले बैंकका क्रेडिट कार्डसम्बन्धी सुविधा उपयोग गर्न सक्नेछन्।
त्यसैगरी, सेवाग्राहीलाई थप सहजता प्रदान गर्न हस्पिटल परिसरमै एटिएम सेवा सञ्चालन गर्ने सहमति पनि भएको छ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा हस्पिटलसँग आबद्ध व्यक्तिहरूलाई सेवा सुविधा थप सुलभ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।