२०८३ भाद्र २९ सोमबार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

ई आर्थिक    सोमबार, चैत्र ९ २०८२
646
Shares
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री  प्रदीप पौडेल ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रतिवेदन बुझाइसक्दा पनि अन्तरिम सरकारले त्यसलाई सार्वजनिक नगर्नु शंकास्पद भएको बताएका छन्। प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुका कारणबारे प्रश्न उठाउँदै उनले यसले विभिन्न आशंका र उपशंका जन्माएको उल्लेख गरेका छन्।

पौडेलले अब अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दासमेत प्रतिवेदन सार्वजनिक नगर्नु सरकार आफ्नो दायित्वबाट विमुख भएको संकेत भएको टिप्पणी गरेका छन्। उनले आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको जिम्मेवारी र कर्तव्य दुवै भएको स्पष्ट पारे।

उनका अनुसार यसअघिका आयोगहरूको प्रतिवेदनजस्तै यसलाई पनि गुपचुप राखिनु दुर्भाग्यपूर्ण हुनेछ। साथै, नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न औपचारिक माग गरिसकेको उनले स्मरण गराए।

अन्त्यमा उनले सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न पुनः आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij