काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “Smart Money Talks” नारासहित विभिन्न वित्तीय साक्षरता कार्यक्रम र सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य देशभर वित्तीय व्यवस्थापनको महत्वबारे जागरूकता फैलाउनु रहेको छ।
कार्यक्रम अन्तर्गत पुतलीसडक शाखाले नेसन अलाइन्ड स्कूलका कक्षा ७, ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रदान गरेको थियो भने पोखरा शाखाले क्यान्या क्याम्पसका ११ र १२ कक्षाका १५१ स्नातक विद्यार्थीलाई प्रशिक्षण दिएको थियो।
त्यसैगरी गैर शाखाले श्री बालगोविन्द जनतामाध्यमिक स्कूलका २५ विद्यार्थीलाई तालिम दिइएको थियो। बुटवल शाखाले २८ युवाब्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण दिएको थियो भने रमधुबन शाखाले श्री जनता बोर्डिङ स्कूलका ३८ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको थियो। जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञानमा अवगत गराएको थियो भने अन्य शाखाले दस नाइज बोर्डिङ स्कूलका ४० विद्यार्थीलाई कार्यक्रम सञ्चालन गरेको थियो।

समृद्धि फाइनान्सले वित्तीय साक्षरता वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्य सुरक्षित बनाउन सकिने सन्देश फैलाउँदै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने लक्ष्य लिएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त समृद्धि फाइनान्स लिमिटेड हाल १३ शाखाहरु मार्फत आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ्ग, डेबीट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सेवा प्रदान गर्दै आएको छ।